आँबुखैरेनीमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा मिनी बसको ठक्करबाट वृद्धको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०८३, मंगलवार

    दमौली, २९ वैशाख । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटमा मिनी बसको ठक्ककरबाट आज साँझ एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ७० वर्षीय बिर्खबहादुर चुमी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको प्र३–०१–००१प १६०९ नम्बरको पर्यटक मिनी बसको ठक्करबाट पेदलयात्री चुमीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।

    शव प्रदेश अस्पताल दमौलीको शवगृहमा रहेको छ भने प्रहरीले बस चालक गोरखाको पालुङटार नगरपालिका–१ बस्ने ३८ वर्षीय मनोज पोख्रेललाई नियन्त्रणमा लिएको छ ।