बन्दीपुरमा कपडा बैंक सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरमा कपडा बैंक सञ्चालन

    खबरपुञ्ज संवाददाता

    २९ बैशाख २०८३, बुधबार

    दमौली, ३० वैशाख । तनहुँको बन्दीपुर गाउँपालिका–१ मा ‘कपडा बैंक’ सञ्चालनमा आएको छ । क्लोथ एन्ड फुड बैंक नेपालसँगको सहकार्यमा सुरु गरिएको कार्यक्रममा ४४२ जना चेपाङ समुदाय तथा विपन्न परिवारलाई कपडा वितरण गरिएको छ ।

    वडा कार्यालय परिसरमा स्थापना गरिएको कपडा बैंकमा प्रयोगमा नआएका कपडा र झोला संकलन गरिनेछ । संकलित सामग्रीलाई रिसाइकल गरी पुनः प्रयोगयोग्य बनाएर आवश्यक पर्ने व्यक्तिलाई निःशुल्क उपलब्ध गराइने जनाइएको छ । साथै, बैंकले विपन्न समुदायसम्म घरघरमै पुगेर कपडा वितरण अभियान पनि सञ्चालन गरिरहेको छ ।

    गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले आवश्यकतामा रहेका व्यक्तिलाई सहयोग गर्ने उद्देश्यले कपडा बैंक स्थापना गरिएको बताए । वडाध्यक्ष शिव कुमार श्रेष्ठ ले स्थानीयवासीलाई प्रयोगमा नआएका कपडा बैंकमा जम्मा गर्न आग्रह गरे ।