


दमौली, ३० वैशाख । तनहुँको व्यास नगरपालिका–१ खकौली निवासी डेविड दरैले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा हासिल गर्दै ४ जिपिए ल्याएका छन्। व्यास नगरपालिका–२ दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयका विद्यार्थी दरैले उत्कृष्ट सफलता हासिल गरेका हुन्।
उत्कृष्ट नतिजापछि खुसी व्यक्त गर्दै उनले आफ्नो लक्ष्य डाक्टर बन्ने रहेको बताए। “सानैदेखि डाक्टर बनेर बिरामीको सेवा गर्ने इच्छा छ,” उनले भने, “अब अझ मेहनतका साथ अध्ययनलाई निरन्तरता दिनेछु।”
डेभिडको यो उपलब्धिले परिवार, विद्यालय तथा स्थानीयवासीमा खुसी छाएको छ। उनको सफलताले अन्य विद्यार्थीलाई समेत प्रेरणा दिएको विद्यालयले जनाएको छ।