बालेन नआएपछि विपक्षीहरू संसदमा आक्रोशित, राजीनामा दिन माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बालेन नआएपछि विपक्षीहरू संसदमा आक्रोशित, राजीनामा दिन माग

    खबरपुञ्ज संवाददाता

    २९ बैशाख २०८३, बुधबार

    काठमाडौँ, ३० वैशाख । प्रधानमन्त्री वालेन्द्र साह बालेन संसदमा उपस्थित नभएपछि विपक्षी दलका सांसदहरूले आक्रोश पोखेका छन् । उनीहरूले बुधबारको बैठकमा बालेन संसदमा आएर जवाफ नदिने हो भने प्रधानमन्त्री बिनाको सरकार भनी घोषणा गर्न माग गरेका छन् । 

    उनीहरूले बालेनले राजीनामा दिनसमेतसमेत माग गरेका छन् । सभामुख डोलेन्द्रप्रसाद अर्यालले पटक पटक आफ्ना कुरा सुन्न आग्रह गर्दासमेत विपक्षी दलका सांसदहरूले संसदमा आएर बालेनले सम्बोधन गर्नुपर्ने माग गरेका हुन् । 

    नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्नेमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई प्रधानमन्त्रीका तर्फबाट बोल्न अर्थमन्त्रीलाई सभामुखले बोलाएपछि विरोध भएको हो । 

    सभामुखले विपक्षीहरूलाई सदन चलाउन नखोजेको हो भनी चेतावनीसमेत दिए । उनले नियमावलीको नियम ३८ सम्झाउन खोजे पनि सांसदहरू निरन्तर विरोधमा रहेसँगै सभामुखले कांग्रेस सांसद अर्जुननरसिंह केसीलाई बोल्न समय दिएका छन् ।