बन्दीपुर अस्पताललाई ४० लाखका स्वास्थ्य उपकरण सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर अस्पताललाई ४० लाखका स्वास्थ्य उपकरण सहयोग

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०८३, बिहीबार

    दमाैली ३१ वैशाख । बन्दीपुर अस्पताललाई विभिन्न संघसंस्था तथा व्यवसायीद्वारा करिब ४० लाख रुपैयाँ बराबरका अत्याधुनिक स्वास्थ्य उपकरण सहयोग गरिएको छ।

    लायन्स क्लब अफ चितवन चौतारी र लोयल ट्रेडर्सले बुधबार अस्पताललाई प्रयोगशालामा आवश्यक आधुनिक मेसिन उपलब्ध गराएका हुन्।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिल गिरीका अनुसार लायन्स क्लबले करिब २० लाख रुपैयाँ बराबरका क्लिया मेसिन र पिटी/आइएनआर मेसिन सहयोग गरेको हो।

    यी मेसिनबाट थाइराइड, भिटामिन डी, क्यान्सर तथा रगत जम्ने क्षमतासम्बन्धी परीक्षण गर्न सकिनेछ।त्यस्तै लोयल ट्रेडर्सले पनि करिब २० लाख रुपैयाँ बराबरका फुल्ली अटोमेटिक बायोकेमिस्ट्री मेसिन र ५-पार्ट्स हेमाटोलोजी एनालाइजर मेसिन उपलब्ध गराएको अस्पतालले जनाएको छ।