


दमौली, ६ जेठ । व्यास नगरपालिकामा आज बसेको ट्राफिक व्यवस्थापन सम्बन्धी बैठकले जेठ १० गतेदेखि लागू हुने गरी दमौलीको सफा सडक क्षेत्रमा सवारी साधन पार्किङ निषेध गर्ने निर्णय गरेको छ ।
बैठकले सफा सडकमा दुईतर्फी बाटो सञ्चालन हुने भएकाले सडकको दुवै किनारमा कुनै पनि सवारी साधन पार्किङ गर्न नपाइने निर्णय गरेको हो ।
पार्किङ व्यवस्थापनका लागि शाखा सडक, विभिन्न चोक, व्यास नगरपालिकाको पार्किङ ग्राउण्ड तथा अनशन चौतारी क्षेत्रमा निःशुल्क पार्किङको व्यवस्था मिलाइने जनाइएको छ ।
नगर क्षेत्रमा बढ्दो सवारी चापलाई व्यवस्थापन गर्दै सडकलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।