जेठ १५ गतेदेखि वडास्तरीय ‘द नाइनटिज पुरुष भलिबल’ प्रतियोगिता हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जेठ १५ गतेदेखि वडास्तरीय ‘द नाइनटिज पुरुष भलिबल’ प्रतियोगिता हुने

    खबरपुञ्ज संवाददाता

    ६ जेष्ठ २०८३, बिहीबार

    दमौली, ७ जेठ । तनहुँको व्यास नगरपालिका–५ निवुवाखोलामा आगामी जेठ १५ देखि १७ गतेसम्म खुल्ला वडा स्तरीय प्रथम ‘द नाइनटिज पुरुष भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ ।

    युवाहरूको प्रतिभा उजागर गर्ने उद्देश्यसहित निवुवाखोला खेलमैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा ४० टिमको सहभागिता रहने अपेक्षा गरिएको छ । सहभागी टिमहरूले वडा कार्यालयको सिफारिस तथा क्लबको लेटरप्याडमा खेलाडीहरूको नाम उल्लेख गरी जेठ १४ गतेभित्र इमेल, फेसबुक वा ह्वाट्सएपमार्फत विवरण पठाउनुपर्नेछ । टिम दर्ता शुल्क रु ३ हजार ५ सय तोकिएको छ ।

    प्रतियोगिताको विजेताले नगद रु ३३ हजार ३ सय ३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु २२ हजार २ सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । तृतीय हुने टिमलाई रु ११ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । साथै उत्कृष्ट विभिन्न विधाका खेलाडीलाई पनि ट्रफी र मेडलद्वारा सम्मान गरिनेछ ।

    व्यास नगरपालिका वडा नं. ५ तथा म्याग्दे गाउँपालिका वडा नं. १ का युवाहरूको सक्रियतामा सामाजिक, आर्थिक, सांस्कृतिक, खेलकुद तथा स्वास्थ्यसम्बन्धी गतिविधि सञ्चालन गर्ने उद्देश्यले ‘द नाइनटिज युवा क्लब’ स्थापना गरिएको छ। जिल्ला प्रशासन कार्यालय तनहुँमा विधिवत् दर्ता भएको क्लबको अध्यक्षमा एक कुमार श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।

    प्रतियोगिता सम्पन्न गर्न आर्थिक व्यवस्थापन समिति, प्रचारप्रसार उपसमिति, मञ्च व्यवस्थापन उपसमिति, यातायात व्यवस्था उपसमिति, अतिथि सत्कार व्यवस्थापन उपसमिति लगायत विभिन्न समिति गठन गरी तयारी अगाडि बढाइएको क्लबले जनाएको छ ।