थाहा पाइराख्नुहोस् दमौली बजारका कुन कुन सडक आजदेखि एकतर्फी छ ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    थाहा पाइराख्नुहोस् दमौली बजारका कुन कुन सडक आजदेखि एकतर्फी छ ?

    खबरपुञ्ज संवाददाता

    ९ जेष्ठ २०८३, आईतवार

    दमौली, १० जेठ । व्यास नगरपालिकाले दमौली बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन आजदेखि विभिन्न सडक एकतर्फी बनाएकाे छ । नगरपालिकाले डाङ्ग्रेखाेल्सी, कालिकामार्ग, तरकारी लाइन र दुर्गा मन्दिर लाइनलाई एकतर्फी बनाइएकाे हा । ती सडकमा नगर प्रहरी खटाएर निर्णय कार्यान्वयन गराइएकाे छ ।

    पृथ्वी राजमार्गबाट ग्रिनसिटी टोल हुँदै भेटघाट चोकतर्फ मात्र सवारी प्रवेश गर्न पाइनेछ । त्यसैगरी वडा नं. ३ तर्फ पृथ्वी राजमार्गबाट तरकारी लाइन हुँदै महर्षी चोकतर्फ मात्रै सवारी सञ्चालन गरिनेछ ।

    यस्तै, पुरानो बैंक लाइन अन्तर्गत न्यूरोड चोकबाट कालिका मार्ग हुँदै पृथ्वी राजमार्गमा निस्कने गरी चारपाङ्ग्रे सवारी साधनलाई मात्र एकतर्फी प्रवेशको व्यवस्था गरिएको छ ।

    प्रहरी कार्यालयको दक्षिण–पश्चिमतर्फ रहेको चोकबाट पृथ्वी राजमार्ग हुँदै दुर्गा मन्दिरतर्फ निस्कने सडकलाई पनि एकतर्फी बनाइएकाे छ ।