भारतमा पेट्रोल र डिजेलको मूल्य बढ्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भारतमा पेट्रोल र डिजेलको मूल्य बढ्यो

    खबरपुञ्ज संवाददाता

    १० जेष्ठ २०८३, सोमबार

    काठमाडौ, ११ जेठ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिसँगै भारतमा इन्धनको मूल्यमा वृद्धि भएको छ। तेल कम्पनीहरूले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर २.६१ भारु र डिजेलमा २.७१ भारु वृद्धि गरेको हो ।

    यो वृद्धिसँगै राजधानी दिल्लीमा अब एक लिटर पेट्रोलको मूल्य १०२.१२ भारु र डिजेलको मूल्य ९५.२० भारु पुगेको छ।

    सर्वसाधारणका लागि महँगीको यो झट्का नयाँ होइन। मे महिनामा मात्रै इन्धनको मूल्य बढेको यो चौथो पटक हो। यसअघि मे १५ मा ३ भारु, मे १९ मा औसत ९० पैसा र मे २३ मा पनि पेट्रोल र डिजेलको मूल्यमा वृद्धि गरिएको थियो। दिल्ली बाहेक अन्य महानगरहरू मुम्बई, कोलकाता र चेन्नईमा पनि पेट्रोलको मूल्य प्रति लिटर १०७ देखि ११३ भारुको बीचमा पुगेको छ।