तनहुँमा गणतन्त्र दिवस विविध कार्यक्रमसहित मनाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा गणतन्त्र दिवस विविध कार्यक्रमसहित मनाइने

    खबरपुञ्ज संवाददाता

    १२ जेष्ठ २०८३, बुधबार

    दमौली, १३ जेठ । तनहुँमा गणतन्त्र दिवस विविध कार्यक्रम गरी मनाइने भएको छ । गणतन्त्र दिवस जिल्लास्तरीय समितिको बुधबार बसेको बैठकले दिवसमा विविध कार्यक्रम गर्ने निर्णय गरेको हो ।

    समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बसेको बैठकले दिवसका अवसरमा दीपावली, विशेष सरसफाई, नागरिक स्वास्थ्य जाँच, पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार, कार्यालय सरसफाई, मुटु सम्बन्धी स्वास्थ्य जाँच, प्रभातफेरी, फलफूल वितरण लगायतका कार्यक्रम तय गरेको छ ।

    May be an image of ticket stub, blueprint, poster, crossword puzzle and calendar
    May be an image of text