गणतन्त्र दिवसमा दमौलीमा सरसफाई र स्वास्थ्य जॉच
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गणतन्त्र दिवसमा दमौलीमा सरसफाई र स्वास्थ्य जॉच

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०८३, बिहीबार

    दमौली, १४ जेठ । गणतन्त्र दिवसको अवसरमा तनहुँको व्यास नगरपालिका–३ स्थित प्रशासन चोक र खुल्ला मैदान क्षेत्रमा बिहीबार विशेष सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । व्यास नगरपालिका र तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको समन्वयमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

    सरसफाई कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, वडा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, व्यवसायी तथा स्थानीयवासी सहभागी हुनुभएको थियो । सहभागीहरूले प्रशासन चोक, खुल्ला मैदान तथा आसपासका क्षेत्रमा फोहोर संकलन गर्दै वातावरण सफा र व्यवस्थित बनाउन योगदान दिएका थिए ।

    यस्तै, गणतन्त्र दिवसकै अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालय र व्यास नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम पनि सञ्चालन गरिएको थियो । कार्यक्रममा सहभागी नागरिकहरूको रक्तचाप, मधुमेह लगायतका आधारभूत स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । स्वास्थ्यकर्मीहरूले स्वास्थ्य सचेतनासम्बन्धी परामर्शसमेत दिएका थिए ।