दमौलीमा बकर इद मनाइयो (तस्बिर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा बकर इद मनाइयो (तस्बिर सहित)

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०८३, बिहीबार

    दमौली, १४ जेठ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज दमौलीमा मनाइएको छ । दमौलीस्थित नुरी हन्फी जामे मस्जिदमा सामूहिक नमाज पढेर शुभकामना आदानप्रदान सहित बकर इद मनाइएको हो ।

    इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।

    May be an image of one or more people and text
    May be an image of one or more people and textMay be an image of one or more people and text

    मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन रहेको दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले खबरपुञ्जलाई जानकारी दिए।