बजेट २०८३/८४ : तनहुँ जलविद्युत आयोजनालाई तीव्रता दिइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    बजेट २०८३/८४ : तनहुँ जलविद्युत आयोजनालाई तीव्रता दिइने

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०८३, शुक्रबार

    दमाैली, १५ जेठ । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनालाई तीव्रता दिइने भएको छ । सङ्घीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तनहुँ जलविद्युत आयोजना निर्माणलाई तीव्रता दिइने उल्लेख गरे ।

    ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको तीन वटा प्याकेजमा काम भइरहेको छ । हालसम्म आयोजनामा ७५.५ प्रतिशत भौतिक प्रगति भएको छ ।

    प्याकेज १ अन्तर्गत बाँधलगायतका संरचनाको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यो प्याकेजमा ५९ प्रतिशत प्रगति भएको छ ।

    प्याकेज २ अन्तर्गत विद्युतगृह तथा सम्बन्धित उपकरणको काम सिनो हाइड्रो कर्पोरेसन चीनले गरिरहेको छ । यस अवधिसम्म भूमिगत संरचनाहरु निर्माणका लागि खन्ने कार्य सम्पन्न गरी अधिकांश संरचनाको सिभिल निर्माण कार्य सम्पन्न भएको छ । यस प्याकेजको प्रगति ७७ प्रतिशत प्रगति भएको छ ।

    प्याकेज ३ प्रसारण लाइन अन्तर्गत केइसी इन्टरनेशनल लिमिटेड भारतले दमौली भरतपुर २२० केभी ३३ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरहरुमध्ये ७८ वटा टावरहरुको जग हाल्ने काम सम्पन्न गरेको छ । यस प्याकेजको प्रगति ७७ प्रतिशत रहेको छ ।