


दमौली, १७ जेठ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले आइतबार तनहुँस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको व्यास गुफाको अवलोकन गरेका छन्।
भ्रमणका क्रममा उनले व्यास गुफाको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्वबारे जानकारी लिएका थिए। नेपाल क्रिकेटका लोकप्रिय व्यक्तित्व पारस खड्काको व्यास गुफा भ्रमणले यस क्षेत्रको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारमा सकारात्मक टेवा पुग्ने अपेक्षा गरिएको छ।
स्थानीयवासी तथा पर्यटन व्यवसायीहरूले राष्ट्रियस्तरका चर्चित व्यक्तित्वहरूको आगमनले व्यास गुफाजस्ता महत्वपूर्ण पर्यटकीय गन्तव्यलाई थप चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।