केशवटार–सुखौरा सडक कालोपत्रका लागि १५ करोड बजेट विनियोजन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    केशवटार–सुखौरा सडक कालोपत्रका लागि १५ करोड बजेट विनियोजन

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०८३, मंगलवार

    दमौली, १९ जेठ । सरकारले तनहुँको व्यास नगरपालिका–१४ तथा बन्दीपुर गाउँपालिका–३ र ६ का बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने केशवटार मार्गको स्तरोन्नतिका लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

    उक्त बजेट आगामी आर्थिक वर्षको बजेटमार्फत विनियोजन गरिएको हो। यस रकमबाट केशवटार हुँदै सुखौरा चिसापानी पुलसम्मको सडक कालोपत्रेसहित पक्की सडक निर्माणको काम सम्पन्न गर्न सकिने अपेक्षा गरिएको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका जिल्ला सभापति विश्व बास्तोलाका अनुसार विनियोजित रकमले उक्त सडकखण्डको निर्माण कार्यलाई पूर्णता दिन पर्याप्त आधार तयार गर्नेछ। सडक कालोपत्रे भएपछि स्थानीयवासीको आवतजावत सहज हुनुका साथै कृषि उपज ढुवानी, व्यापारिक गतिविधि तथा ग्रामीण क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।

    यस सडक आयोजना व्यास नगरपालिका–१४ तथा बन्दीपुर गाउँपालिका–३ र ६ का नागरिकका लागि लामो समयदेखिको प्राथमिक मागका रूपमा रहेको थियो।

    तनहुँ–१ का प्रतिनिधिसभा सदस्य तथा अर्थमन्त्री स्वर्णिम वाग्लेको पहलमा उक्त सडकका लागि बजेट सुनिश्चित भएको बताइएको छ।

    तस्बिर स्रोत : फल थापा