


काठमाडौं, २३ जेठ । भारतको कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिप्के दिल्ली ओर्लिएका छन् ।
दिप्केले सामाजिक सञ्जालमा लेखेका छन्, “म अवतरण गरेको छु । चाँडै नै जन्तर मन्तरमा तपाईंहरू सबैलाई भेट्न उत्सुक छु । आफ्नो पुस्तक र हाम्रो तिरंगा ल्याउन नबिर्सनुहोस् ।”
समर्थकहरूलाई “प्रेम र शान्तिका साथ आन्दोलन अगाडि बढाउन” उनले आग्रह गरे ।
दिप्केले अगाडि लेखे, “प्रहरीहरूलाई फूल दिनुहोस्, यो करुणा र कृतज्ञताको प्रतीक हुनेछ । हामीले यो आन्दोलनलाई प्रेम र शान्तिका साथ अगाडि बढाउनुपर्छ ।”
उल्लेखनीय छ कि दीप्केको अवतरण हुनुभन्दा पहिले नै दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा बढाइएको थियो ।