


दमौली, २३ जेठ । रास्वपा तनहुँको आइतबार हुने अधिवेशनका लागि सभापतिमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।
सभापतिका लागि विश्वनाथ बास्तोला र डा. शेषरमण न्यौपानेको उम्मेदवारी दर्ता भएको छ । उपसभापतिका लागि विष्णुबहादुर पन्त, पदमराज न्यौपाने र किसन प्रधानको उम्मेदवारी दर्ता भएको छ ।
सचिवमा अनिल श्रेष्ठ र दिपक ढकालको उम्मेदवारी दर्ता भएको छ । सहसचिवमा पदमबहादुर सुनार, सागर अधिकारी क्षेत्री र दुर्गाकुमार श्रेष्ठको उम्मेदवारी दर्ता भएको छ ।
सदस्यहरुमा सीता विक, अम्बिका वाग्ले, सीता अधिकारी, अन्जु दाहाल, शशी रुपाखेती, हरिकुमार श्रेष्ठ, केशबहादुर थापा, चिरञ्जिवी सापकोटा, महमद सतार मियॉ, वीरेन्द्र भण्डारीको उम्मेदवारी दर्ता भएको छ ।
तनहुँ-१ संयोजकमा विश्वराज न्यौपाने, कृष्णप्रसाद पन्त (बासु) र जगराम गुरुङको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै तनहुँ-२ संयोजकमा सुन्दर बस्यालको उम्मेदवारी दर्ता भएको छ ।