मकैका खोस्टाबाट सामग्री बनाउने तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउने लक्ष्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मकैका खोस्टाबाट सामग्री बनाउने तालिम सम्पन्न, महिलालाई आत्मनिर्भर बनाउने लक्ष्य

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०८३, शनिबार

    दमौली, २३ जेठ । जनभावना नेवा खल: मिसा पुच दमौलीको आयोजनामा सञ्चालन गरिएको मकैका खोस्टाबाट विभिन्न सामग्री बनाउने तालिम सम्पन्न भएको छ। जेठ १९ गतेदेखि २३ गतेसम्म सञ्चालन भएको तालिमको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले समापन गरेका छन्।

    तालिममा खेर जाने मकैका खोस्टाको प्रयोग गरी हस्तकलाजन्य सामग्री निर्माण गर्ने सीप प्रदान गरिएको थियो। सहभागी महिलाहरूलाई स्थानीय स्रोत–साधनको उपयोग गर्दै आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्यले तालिम आयोजना गरिएको आयोजकले जनाएको छ।

    संस्थाका सचिव सरिता श्रेष्ठले महिलालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताइन्।

    उनले भनिन्, हाम्रो गाउँघरमा खेर जाने मकैका खोस्टालाई सदुपयोग गरेर आकर्षक सामग्री उत्पादन गर्न सकिन्छ। यस्ता सीपले महिलाहरूलाई आर्थिक रूपमा सक्षम र आत्मनिर्भर बन्न सहयोग पुर्‍याउने विश्वास लिएका छौं।”

    समापन कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले स्थानीय स्रोतको उपयोग गर्दै उत्पादनमुखी गतिविधिमा महिलाको सहभागिता बढाउनु आवश्यक रहेको बताए।

    उनले भने, यस्ता तालिमले महिलाको क्षमता अभिवृद्धि मात्र होइन, स्वरोजगार सिर्जना गर्न पनि महत्वपूर्ण भूमिका खेल्छ। नगरपालिकाले सीप विकास र उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रमलाई निरन्तर प्राथमिकता दिनेछ।”

    व्यास–३ का वडाध्यक्ष अनुप रानाले सीपमूलक तालिमलाई व्यवहारमा उतारेर आयआर्जनसँग जोड्न सहभागी महिलाहरूलाई आग्रह गरे।

    तालिममा विमल श्रेष्ठ र सुशीला श्रेष्ठले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।