


दमौली, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको जिल्ला अधिवेशन अन्तर्गत उपसभापति र सहसचिव पदको निर्वाचनमा निकै रोचक प्रतिस्पर्धा देखिएको छ। दुवै पदको नतिजा झिनो मतान्तरमा टुंगिएको हो।
उपसभापति पदमा विष्णुबहादुर पन्त १३१ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी पदमराज न्यौपानेले १२४ मत प्राप्त गरे। पन्तले न्यौपानेलाई ७ मतले पराजित गरेका हुन्।
यस्तै, सहसचिव पदमा भएको प्रतिस्पर्धा झन् रोमाञ्चक बनेको छ। दुर्गाकुमार श्रेष्ठ १२७ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिद्वन्द्वी पदमबहादुर सुनारले १२६ मत प्राप्त गरेका छन्। श्रेष्ठले सुनारलाई केवल १ मतको अन्तरले पराजित गर्दै सहसचिव पद आफ्नो पक्षमा पारे।
अधिवेशनमा सभापति, उपसभापति र सहसचिव पदमा मात्रै निर्वाचन भएको थियो भने अन्य पदमा उम्मेदवारहरू सर्वसम्मत चयन भएका थिए।