गुदारोग सम्बन्धी विशेष आयुर्वेद शिविरबाट ५० जना लाभान्वित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गुदारोग सम्बन्धी विशेष आयुर्वेद शिविरबाट ५० जना लाभान्वित

    खबरपुञ्ज संवाददाता

    २३ जेष्ठ २०८३, आईतवार

    दमौली,२४ जेठ । प्रदेश आयुर्वेद चिकित्सालय दमौलीको आयोजना तथा भिमाद आयुर्वेद औषधालयको समन्वयमा भिमादमा दुई दिने गुदारोग (एनो–रेक्टल) सम्बन्धी विशेष आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ।

    जेठ २३ र २४ गते भिमाद आयुर्वेद औषधालय परिसरमा सञ्चालन गरिएको शिविरमा पाइल्स, फिस्टुला र फिसर लगायतका गुदारोगबाट पीडित बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण गरिएको थियो। शिविरमा नरदेवी आयुर्वेद अस्पतालका शल्य चिकित्सक डा. रमेश पौडेलसहित प्रदेश आयुर्वेद चिकित्सालयका चिकित्सक तथा प्राविधिक टोलीले सेवा प्रदान गरेका थिए।

    शिविरबाट कुल ५० जना बिरामी लाभान्वित भएका छन्। लाभग्राहीमध्ये २५ जना महिला, २२ जना पुरुष, दुई जना बालिका र एक जना बालक रहेका छन्। स्वास्थ्य अवस्था मूल्याङ्कनपछि थप उपचार आवश्यक देखिएका १५ जना बिरामीको आयुर्वेदिक ‘क्षारसूत्र’ विधिबाट सफल शल्यक्रिया गरिएको प्रदेश आयुर्वेद चिकित्सालयका वरिष्ठ कविराज निरीक्षक शम्भु चापागाईंले जानकारी दिए।

    चिकित्सकहरूका अनुसार गुदारोगसम्बन्धी समस्या समाजमा व्यापक भए पनि संकोच र लोकलाजका कारण धेरै बिरामी समयमै उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न सकिरहेका छैनन्। यस्ता विशेषज्ञ शिविरले रोगको प्रारम्भिक पहिचान, सुरक्षित तथा प्रभावकारी उपचार र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

    प्रदेश आयुर्वेद चिकित्सालय दमौलीले आगामी दिनमा पनि सर्वसाधारणलाई गुणस्तरीय, सुरक्षित तथा सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित विभिन्न स्थानमा यस्ता विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्दै जाने जनाएको छ।