


दमौली, २५ जेठ ।तनहुँ जिल्लाको राजमार्ग क्षेत्रमा पछिल्लो २४ घण्टामा एक सवारी दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार जेठ २४ गते बिहान ६ बजेदेखि जेठ २५ गते बिहान ६ बजेसम्मको अवधिमा १ वटा सवारी दुर्घटना भएको हो। दुर्घटनामा २ जना घाइते भएका छन्, जसमध्ये १ जनाको अवस्था सामान्य र १ जनाको अवस्था गम्भीर रहेको छ।
घाइतेमध्ये १ जना उपचारपछि डिस्चार्ज भएका छन् भने अर्का १ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न २ वटा सवारी साधनमा क्षति पुगेको छ। क्षतिग्रस्त सवारी साधनमध्ये १ वटा टिप्परमा सामान्य क्षति पुगेको छ भने १ वटा मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
सडक दुर्घटना न्यूनीकरणका लागि सवारी चालक तथा यात्रुलाई ट्राफिक नियमको पूर्ण पालना गर्न प्रहरीले आग्रह गरेको छ।