बिरामी अवस्थामा भेटिएका सहयोगापेक्षी व्यक्ति मानव सेवा आश्रम पठाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बिरामी अवस्थामा भेटिएका सहयोगापेक्षी व्यक्ति मानव सेवा आश्रम पठाइयो

    खबरपुञ्ज संवाददाता

    ५ असार २०८३, शनिबार

    दमौली, ६ असार । तनहुँको व्यास नगरपालिका–३ स्थित अनसन चौतारी नजिक बिरामी अवस्थामा भेटिएका एक सहयोगापेक्षी व्यक्तिलाई उद्धार गरी मानव सेवा आश्रम पठाइएको छ।

    प्रहरीका अनुसार अन्दाजी ५०–५५ वर्ष उमेरका ती व्यक्तिले आफ्नो नाम, थर तथा ठेगाना खुलाउन नसकेको अवस्थामा फेला परेका थिए। प्रहरी टोलीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल दमौली पुर्‍याएको थियो।

    अस्पतालमा आवश्यक उपचारपछि व्यास नगरपालिकासँगको समन्वयमा ती व्यक्तिलाई थप हेरचाह तथा संरक्षणका लागि मानव सेवा आश्रम पोखरा पठाइएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले बताए ।