प्रथम दरै मौलिक चुड्का नृत्य प्रतियोगितामा दुम्सी दरै समाज प्रथम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रथम दरै मौलिक चुड्का नृत्य प्रतियोगितामा दुम्सी दरै समाज प्रथम

    खबरपुञ्ज संवाददाता

    ६ असार २०८३, आईतवार

    दमौली, ७ असार । दरै समाज तनहुँद्वारा आयोजित प्रथम दरै मौलिक चुड्का नृत्य प्रतियोगिता–२०८३ मा दुम्सी दरै समाज प्रथम भएको छ।

    शनिबार सम्पन्न प्रतियोगितामा बैरेनी दरै समाज द्वितीय तथा दुम्सीचौर दरै समाज तृतीय हुन सफल भएका छन्। प्रतियोगितामा दरै समाज सुधार समिति साखर र पोल्याङ दरै समाजले सान्त्वना स्थान प्राप्त गरेका छन्।

    अनुराग थापा, छबिराम दरै र शान्ति दरैले निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए ।

    प्रतियोगितामा जिल्लाका पाँच गाउँका दरै समाजको सहभागिता रहेको थियो। दरै समुदायको मौलिक कला, संस्कृति र परम्परागत चुड्का नृत्यको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

    दरै समाज तनहुँका सभाध्यक्ष ठाकुरबहादुर दरैको सभापतित्वमा सम्पन्न कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरै, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष सनम तामाङ तथा व्यास नगरपालिका प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपानेले मन्तव्य राखेका थिए ।