


दमाैली ७ असार । तनहुँको दमौली बजार क्षेत्रमा मेटिएका जेब्राक्रसिङको मर्मत तथा पुनःरङ्गरोगन कार्य गरिएको छ। पैदलयात्रीको सुरक्षालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँ र व्यास नगरपालिकाको संयुक्त पहलमा उक्त कार्य गरिएको हो।
व्यास नगरपालिका–२ स्थित दमौली बजार क्षेत्रका विभिन्न स्थानमा रहेका मेटिएका जेब्राक्रसिङहरूको मर्मत सम्भार तथा पुनः चिन्हांकन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले जनाएको छ।
बजार क्षेत्रमा दैनिक रूपमा ठूलो सङ्ख्यामा पैदलयात्री तथा सवारीसाधनको आवतजावत हुने भएकाले मेटिएका जेब्राक्रसिङ मर्मत गरिएकाे हाे ।
जेब्राक्रसिङको मर्मतसँगै पैदलयात्रीलाई तोकिएको स्थानबाट मात्र सडक पार गर्न र सवारी चालकलाई जेब्राक्रसिङ नजिक पुग्दा गति नियन्त्रण गरी पैदलयात्रीलाई प्राथमिकता दिन आग्रह गरिएको छ।