रास्वपाको केन्द्रीय सदस्यमा तनहुँका चार उम्मेदवार पराजित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपाको केन्द्रीय सदस्यमा तनहुँका चार उम्मेदवार पराजित

    खबरपुञ्ज संवाददाता

    १० असार २०८३, बिहीबार

    दमौली, असार ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका तनहुँका चार जना नेता पराजित भएका छन्।

    गण्डकी भूगोलतर्फबाट केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गरेका राजु दाहाल, विकास सिग्देल, श्रीराम न्यौपाने र प्रकाश थापा निर्वाचित हुन सकेनन्। सार्वजनिक मतपरिणामअनुसार राजु दाहालले ३१८ मत, विकास सिग्देलले २९५ मत, श्रीराम न्यौपानेले ६४९ मत तथा प्रकाश थापाले ३६४ मत प्राप्त गरेका छन्।

    चारै जना उम्मेदवारले पार्टी संगठन विस्तार, सुशासन र वैकल्पिक राजनीतिको एजेन्डासहित चुनावी प्रतिस्पर्धामा सहभागिता जनाएका थिए।

    तनहुँबाट एकैपटक चार जनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको भए पनि यसपटक कसैले पनि सफलता हासिल गर्न सकेनन्।