तनहुँ प्रहरीद्वारा पॉच फरार प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ प्रहरीद्वारा पॉच फरार प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०८३, सोमबार

    दमौली, २५ साउन । तनहुँ प्रहरीले विभिन्न मुद्दामा अदालतबाट फैसला भई फरार रहेका पाँच जनालाई पक्राउ गरेको छ।

    जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरी टोलीले सम्मानित तनहुँ जिल्ला अदालतबाट विभिन्न मितिमा फैसला भई लगत कसी हालसम्म फरार रहेका तीन जना पुरुष र एक जना महिला गरी चार जना तथा अभद्र व्यवहारसम्बन्धी कसुर मुद्दामा वारदातपछि फरार रहेका एक जना पुरुषलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा ज्यानसम्बन्धी कसुरमा फैसला भएका तीन जना पुरुष रहेका छन्। उनीहरूलाई अदालतले जनही ३ महिना कैद र रु. ५ हजार जरिवाना तोकेको थियो।

    त्यस्तै, चेक अनादर मुद्दामा रु. ३ हजार जरिवाना तोकिएकी एक महिला र अभद्र व्यवहारसम्बन्धी कसुरमा रु. १० हजार जरिवाना (धरौटी) तोकिएका एक पुरुषलाई समेत प्रहरीले पक्राउ गरेको जनाएको छ।

    पक्राउ परेकामध्ये ज्यानसम्बन्धी कसुरका तीनै जना व्यास नगरपालिका–२ बाट, चेक अनादर मुद्दाकी महिला म्याग्दे गाउँपालिका–५, बोटेटारबाट र अभद्र व्यवहारसम्बन्धी मुद्दाका पुरुष व्यास नगरपालिका–२ बाट पक्राउ परेका हुन्।

    पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारबाहीका लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।