


दमौली, २५ साउन । डिभिजन वन कार्यालय, तनहुँअन्तर्गतका तीन वन समूह तथा एक निजी वनधनीले विभिन्न विधातर्फ राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन्।
निजी वनतर्फ बन्दीपुर गाउँपालिका–१ का निजी वनधनी मानकाजी श्रेष्ठले प्रथम राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै, म्याग्दे गाउँपालिका–२ स्थित डुनडाँडा कबुलियती वनले कबुलियती वनतर्फ तृतीय राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ। म्याग्दे–२ कै उमाचोक सामुदायिक वनले गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारतर्फ सान्त्वना पुरस्कार प्राप्त गरेको छ।
राष्ट्रिय स्तरमा उत्कृष्टता हासिल गर्ने निजी वनधनी तथा वन समूहहरूलाई डिभिजन वन कार्यालय, तनहुँले बधाई तथा शुभकामना व्यक्त गरेको छ।
यसै अवसरमा डिभिजन वन कार्यालय, तनहुँलाई सम्मानपत्र प्रदान गरेकोमा वन तथा भू–संरक्षण विभागप्रति कार्यालयले आभार व्यक्त गरेको छ।