कास्कीमा बाढीले दुईवटा पुल बगायो, मन्दिरमा फसेका तीनजनाको उद्धार प्रयास जारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कास्कीमा बाढीले दुईवटा पुल बगायो, मन्दिरमा फसेका तीनजनाको उद्धार प्रयास जारी

    खबरपुञ्ज संवाददाता

    २८ श्रावण २०८३, शुक्रबार

    कास्की, २९ साउन । कास्कीमा बाढीले दुईवटा पुल बगाएको छ । गएराति २ः१५ बजे बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको हो । मन्दिरमा तीनजना फसेका छन् । उनीहरूको उद्धार प्रयास जारी छ ।

    अन्नपूर्ण गाउँपालिका ५ र ६ को सिमाना नयाँ पुल–बिरेठाँटी सडकखण्डको छेउमा मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा रहेको दुईवटा मेटलको पुल बाढीले बगाएको प्रहरीले बताएको छ । 

    मन्दिरको आधा भाग बाढीले बगाएको छ । मन्दिरमा रहेका एक पुजारी र दुई भक्तजन मन्दिरमा फसेका छन् । सशस्त्र प्रहरीले उनीहरूको उद्धारको प्रयास गरिरहेको छ । 

    सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट चारजना रोप रेस्क्यू र तीनजना गोताखोरसहितको उद्धार टोली घटनास्थल पुगेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।