


तनहुँ १७ भदाै । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण म्याग्दे गाउँपालिका-२ जामुनेस्थित न्यु भिजन युथ क्लवले आयोजना गर्न लागेको चौधौँ खुला तीज गीत तथा नृत्य प्रतियोगिता–२०८३ स्थगित गरेको छ।
क्लबले भदौ २९ र ३० गते आयोजना गर्ने तयारी गरेको प्रतियोगिता बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी किनारका क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिलाई मध्यनजर गर्दै स्थगित गरिएको जनाएको छ।
क्लब परिवारले विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विषम परिस्थितिमा पूर्वनिर्धारित कार्यक्रम सञ्चालन गर्नु उपयुक्त नभएकाले बैठकको निर्णयअनुसार प्रतियोगिता स्थगित गरेकाे अध्यक्ष सन्ताेष श्रेष्ठले जानकारी दिए ।