शव ब्यागभित्र दुई घण्टा सुतेर उद्धारमा खटिए सांसद न्यौपाने, दुई जनाको जीवन बचाउँदाको क्षण अविस्मरणीय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शव ब्यागभित्र दुई घण्टा सुतेर उद्धारमा खटिए सांसद न्यौपाने, दुई जनाको जीवन बचाउँदाको क्षण अविस्मरणीय

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०८३, सोमबार

    तनहुँ, २२ भदौ ।तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले त्रिशूली–३ ‘ए’ मा उद्धार कार्यका क्रममा बिताएको पहिलो साँझ आफ्नो जीवनकै सबैभन्दा अविस्मरणीय र हृदयमा अंकित क्षण बनेको बताएका छन्।

    झमझम पानी परिरहेका बेला उद्धारका लागि ड्रिलिङ कार्य जारी रहँदा अत्यधिक थकान र चिसोबाट बच्न शव राख्ने जिपर ब्यागभित्र करिब दुई घण्टा सुतेको क्षण आफूले कहिल्यै बिर्सन नसक्ने उनले स्मरण गरेका छन्।

    त्यसैगरी कठिन परिस्थितिबीच सञ्जय साह र कविर महर्जनको सफल उद्धार गर्न सफल भएको क्षणलाई पनि सांसद न्यौपानेले आफ्नो जीवनको अत्यन्त भावुक र अविस्मरणीय पलका रूपमा उल्लेख गरेका छन्।

    विपद्को कठिन घडीमा एकातिर असहज परिस्थितिसँग जुध्दै उद्धारमा खटिनुपरेको र अर्कोतर्फ दुई जनाको जीवन बचाउन सफल भएको अनुभवले त्रिशूली–३ ‘ए’ को त्यो पहिलो साँझ सधैंका लागि आफ्नो स्मृतिमा रहने सांसद न्यौपानेले बताएका छन्।