जेसीआई व्यास नगर साइनिङ स्टारको उपाधि संस्कार खॉणलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जेसीआई व्यास नगर साइनिङ स्टारको उपाधि संस्कार खॉणलाई

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०८३, सोमबार

    दमौली, ५ असोज । जेसीआई व्यास नगरले आयोजना गरेको ११औँ संस्करणको व्यास नगर साइनिङ स्टारको उपाधि संस्कार खॉणले जितेका छन्।

    आइतबार राति दमौलीमा सम्पन्न फाइनल प्रतिस्पर्धामा १९ प्रतिस्पर्धीलाई पछि पार्दै खॉणले साइनिङ स्टारको उपाधि हात पारेका हुन्। प्रतियोगितामा समृद्धि श्रेष्ठ फस्ट रनरअप र सुमि थापा सेकेन्ड रनरअप घोषित भए।

    उपाधि विजेता खॉणले नगद रु. २६ हजार २६, फस्ट रनरअप श्रेष्ठले रु. १५ हजार २६ तथा सेकेन्ड रनरअप थापाले रु. १० हजार २६ नगद पुरस्कार प्राप्त गरे।

    प्रतियोगिताको प्रारम्भिक चरणमा २० जना प्रतिस्पर्धीले आ–आफ्ना प्रस्तुति दिएका थिए। प्रस्तुति तथा मूल्याङ्कनका आधारमा उत्कृष्ट १० प्रतिस्पर्धी छनोट गरिएको थियो। टप १० मा पुगेका प्रतिस्पर्धीबीच निर्णायक चरणमा प्रश्नोत्तर तथा लेखन प्रतियोगिता सञ्चालन गरिएको थियो। उक्त चरणबाट उत्कृष्ट प्रदर्शन गर्ने प्रतिस्पर्धीलाई विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअप घोषणा गरिएको हो।

    विजयी तथा उपविजेतालाई व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए।

    कार्यक्रममा जेसीआई व्यास नगरका अध्यक्ष अजर नागिलाले बालबालिकामा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले साइनिङ स्टार आयोजना गरिएको बताए। उनले बालबालिकालाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै आत्मविश्वास अभिवृद्धिमा समेत कार्यक्रमले सहयोग पुर्‍याउने बताए।

    जेसीआई व्यास नगरले बालबालिकाको प्रतिभा पहिचान, क्षमता विकास तथा नेतृत्व सीप अभिवृद्धिका लागि हरेक वर्ष व्यास नगर साइनिङ स्टार आयोजना गर्दै आएको छ। यस वर्षको संस्करणमा समेत विभिन्न विधामा प्रतिभा प्रस्तुत गर्दै बालबालिकाले आफ्नो क्षमता प्रदर्शन गरेका थिए।