प्रदेश आयुर्वेद चिकित्सालय तनहुँमा ७२१ बालबालिकालाई स्वर्णविन्दु खुवाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रदेश आयुर्वेद चिकित्सालय तनहुँमा ७२१ बालबालिकालाई स्वर्णविन्दु खुवाइयो

    खबरपुञ्ज संवाददाता

    १६ कार्तिक २०८३, सोमबार

    तनहुँ, १६ कात्तिक । प्रदेश आयुर्वेद चिकित्सालय तनहुँमा सोमबार ७२१ बालबालिकालाई स्वर्णविन्दु खुवाइएको छ।

    चिकित्सालयका अनुसार स्वर्णविन्दु खुवाउने कार्यक्रममा ६०६ जना पुराना र ११५ जना नयाँ बालबालिका सहभागी भएका छन्।

    चिकित्सालयका वैद्य निरीक्षक भोजहरि रानाभाटका अनुसार बालबालिकाको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले स्वर्णविन्दु खुवाउने कार्यक्रम सञ्चालन गरिएको हो।