मुग्लिङ–पोखरा सडकमा चालक सचेतना अभियान जारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुग्लिङ–पोखरा सडकमा चालक सचेतना अभियान जारी

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०८३, मंगलवार

    दमौली, १९ साउन । मुग्लिङ–पोखरा सडकखण्डमा सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले मंगलबार बिहान पनि संयुक्त रूपमा चालक सचेतना कार्यक्रम सञ्चालन गरेका छन्।

    बिहान ४:०० बजेदेखि ७:०० बजेसम्म सञ्चालन गरिएको कार्यक्रममा २१ वटा दुईपाङ्ग्रे, ३५ वटा चारपाङ्ग्रे साना तथा ६१ वटा ठूला सवारीसाधनका चालकलाई सडकको अवस्था, मौसम, लेन अनुशासन तथा ट्राफिक नियमको पालनाबारे जानकारी दिँदै सचेत गराइएको प्रहरीले जनाएको छ।