ग्यास नपाए प्रशासनमा सम्पर्क गर्न आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ग्यास नपाए प्रशासनमा सम्पर्क गर्न आग्रह

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०८३, मंगलवार

    दमाैली १९ साउन । तनहुँमा खाना पकाउने एलपी ग्यासको आपूर्तिलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालयले विशेष व्यवस्था गरेको छ। नियमित बिक्रेताबाट ग्यास प्राप्त गर्न नसकेका ज्येष्ठ नागरिक, एकल महिला, दीर्घरोगी, होस्टलमा बस्ने विद्यार्थी, अपाङ्गता भएका व्यक्ति तथा आश्रममा बस्ने व्यक्ति वा संस्थाले जिल्ला प्रशासन कार्यालयमा सिधै सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको हो।

    जिल्ला प्रशासन कार्यालय तनहुँले सार्वजनिक गरेको सूचनाअनुसार उल्लेखित वर्गका सेवाग्राहीले अत्यावश्यक प्रयोजनका लागि ग्यास नपाए कार्यालय समयभित्र जिल्ला प्रशासन कार्यालयको टोल–फ्री नम्बर १८१०५०००३८८ मा सम्पर्क गर्न आग्रह गरिएको छ।

    प्रशासनले केही समययता ग्यास अभाव भएको भन्दै विभिन्न स्थानबाट गुनासो प्राप्त भएपछि यस्तो व्यवस्था गरिएको जनाएको छ। कार्यालयका अनुसार जिल्लामा ग्यासको आपूर्ति नियमित रहे पनि केही स्थानमा वितरण व्यवस्थाका कारण समस्या देखिएको गुनासो आएपछि आवश्यक समन्वय र सहजीकरणका लागि सम्पर्क नम्बर सार्वजनिक गरिएको हो।