


तनहुँ ६ भदाै। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्देका उपसभापति अनिल अधिकारीले नेपाल विद्युत् प्राधिकरणले विद्युत् मिटर रिडिङमा त्रुटि गरेको भन्दै यसबारे लिखित जवाफ माग्ने बताएका छन्।अधिकारीका अनुसार घरमा फर्किएपछि ढोकामा झुण्ड्याइएको विद्युत् बिल हेर्दा बिलमा ५४ युनिट विद्युत् खपत देखाइएको थियो। तर घरको मिटरमा बिलमा उल्लेख गरिएको रिडिङ बराबरको अंक नपुगेको उनले बताएका छन्।
उनले आफू सरकारलाई नियमित रूपमा कर तिर्न कुनै संकोच नभएको उल्लेख गर्दै मिटर रिडिङ नै गलत ढंगले चढाइएको भए त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाएका छन्।अधिकारीले सोमबार नेपाल विद्युत् प्राधिकरणसँग यस विषयमा लिखित रूपमा जवाफ माग्ने बताएका छन्। उनले मिटर रिडिङमा भएको त्रुटि भ्याट संकलन वा अन्य कुनै दबाबका कारण भएको हो कि भन्ने प्रश्नसमेत उठाएका छन्।
उनले उपभोक्ताहरूलाई विद्युत्को बिल प्राप्त भएपछि बिलमा उल्लेख भएको मिटर रिडिङ र घरमा रहेको वास्तविक मिटरको रिडिङ अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेका छन्।“बिल आएपछि सबैले बिल र मिटर रिडिङ चेक गर्ने गरौँ,” अधिकारीले आग्रह गरेका छन्।