चितवन : चितवनमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३३ सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
प्रयोगशालाका प्रमुख डा. नितु अधिकारीका अनुसार संक्रमण पुष्टि हुनेहरू चार वर्षीया बालिकादेखि ७३ वर्षीया वृद्धासम्म छन्।
भरतपुर महानगरपालिकाका मात्र २१ जनामा कोरोना पोजेटिभ देखिएको छ। उनीहरूको स्वाब भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजबाट संकलन गरिएको हो। कालिका नगरपालिका-९, रत्ननगरका दुई र खैरहनी नगरपालिकाका एक जनामा कोरोना संक्रमण देखिएको छ। तीन नगरपालिकाका १२ जना क्वारेन्टिनमा छन्।
अन्य १० जना विभिन्न जिल्लाका छन्। चितवन बाहिरका सबैको स्वाब क्यान्सर अस्पताल भरतपुरबाट संकलन गरिएको हो।