


तनहुँ १३ भदाै । जिल्ला प्रहरी कार्यालय तनहुँले रसुवा लगायतका स्थानमा गत भदौ १० गते आएको बाढी–पहिरोका कारण बेपत्ता तथा सम्पर्कविहीन भएका तनहुँका स्थायी बासिन्दाका आफन्तलाई सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको छ।
प्रहरीले बेपत्ता व्यक्तिको विवरण उपलब्ध गराउन जिल्ला आपतकालीन सञ्चालन केन्द्र (DEOC), जिल्ला प्रशासन कार्यालय तनहुँ तथा जिल्ला प्रहरी कार्यालय तनहुँमा सम्पर्क गर्न अनुरोध गरेको हो।सम्पर्क नम्बरहरू: DEOC–०६५–५६११६१, जिल्ला प्रशासन कार्यालय–९८५६००११११/०६५–५६३१३३ र जिल्ला प्रहरी कार्यालय तनहुँ–९८५६०९०१७८/९८५६०९०२९८ रहेका छन् ।