


तनहुँ, १७ भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ र ५ मा रसुवा भोटेकोशी बाढीको प्रभावबाट प्रभावित क्षेत्रमा स्वास्थ्य तथा खानेपानीको अवस्थाबारे स्थलगत निरीक्षण गरिएको छ।
गाउँपालिकाको स्वास्थ्य शाखाको टोलीले प्रभावित बस्तीमा पुगेर स्थानीयवासीको स्वास्थ्य अवस्था, सम्भावित रोगको जोखिम तथा सुरक्षित खानेपानीको उपलब्धताबारे जानकारी लिएको हो।
स्थलगत निरीक्षणका क्रममा गाउँपालिकाका स्वास्थ्य शाखाका अगमराज उपाध्याय लगायतको टोलीले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिँदै आवश्यक स्वास्थ्य सेवा तथा खानेपानी व्यवस्थापनका लागि पहल गरिएको जनाएको छ।
बाढीपछिको अवस्थामा सरसफाइ, सुरक्षित खानेपानी र स्वास्थ्य सचेतनालाई प्राथमिकतामा राख्दै प्रभावित नागरिकलाई सम्भावित महामारी तथा पानीजन्य रोगबाट जोगाउन आवश्यक कदम चालिने उपाध्यायले बताए ।