


तनहुँ, २५ भदौ । तनहुँ समाज हङकङले भोटेकोशी बाढीपहिरो पीडितका लागि रु १५ लाख ५५ हजार आर्थिक सहयोग गरेको छ।
भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवारको सहयोगका लागि हङकङमा रहेका तनहुँवासीबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको समाजले जनाएको छ।
तनहुँ समाज हङकङका उपाध्यक्ष एवं सहयोग संकलन अभियानका संयोजक सुबित गुरुङले छोटो समयमै अभियानमा उत्साहजनक सहभागिता जनाउने सबै सहयोगदाताप्रति आभार व्यक्त गरेका छन्। उनले विपद्को समयमा हङकङमा रहेका तनहुँवासीको एकता, मानवीय संवेदना र सहयोगी भावनाको उदाहरण प्रस्तुत भएको बताए।