


तनहुँ, ५ असोज । जेसीआई व्यास नगरको आयोजनामा सम्पन्न व्यास नगर साइनिङ स्टार प्रतियोगितामा विभिन्न विधाका अवार्ड विजेताहरू घोषणा गरिएको छ।
प्रतियोगितामा आउटस्ट्यान्डिङ पर्सनालिटी अवार्ड कन्टेस्टेन्ट नं. ४ सुसान आले मगरले प्राप्त गरेका छन्। यस्तै र्याम्प वाक अवार्ड कन्टेस्टेन्ट नं. ११ ज्यास्मिन गुरुङ, मोस्ट चार्मिङ स्माइल अवार्ड कन्टेस्टेन्ट नं. १९ निर्जल सुनार र बेस्ट ड्रेस्ड कन्टेस्टेन्ट अवार्ड कन्टेस्टेन्ट नं. १८ रुमिना शाही ठकुरीले जितेका छन्।
त्यसैगरी एक्सिलेन्स इन डिसिप्लिन अवार्ड कन्टेस्टेन्ट नं. १७ प्रत्यूषा भण्डारी, आउटस्ट्यान्डिङ प्रोजेक्ट प्रेजेन्टेसन अवार्ड कन्टेस्टेन्ट नं. ८ आस्था पण्डित क्षेत्री, पिपुल्स च्वाइस अवार्ड कन्टेस्टेन्ट नं. ७ गरिमा भट्टराई र कम्युनिटी इम्प्याक्ट अवार्ड कन्टेस्टेन्ट नं. २ इशान्त रनाभाटले प्राप्त गरेका छन्।
फोटोजेनिक एक्सिलेन्स अवार्ड कन्टेस्टेन्ट नं. २० सोजिना थापा मगर तथा मोस्ट कन्फिडेन्ट पर्फर्मर अवार्ड कन्टेस्टेन्ट नं. ३ संस्कार खाडले प्राप्त गरेका छन्।
प्रतियोगितामा सहभागी प्रतिस्पर्धीहरूको व्यक्तित्व, प्रस्तुति, अनुशासन, आत्मविश्वास तथा सामाजिक प्रभावका आधारमा विभिन्न विधामा अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ।