म्याग्देमा वर्षाले घर भत्काउँदा युवक घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    म्याग्देमा वर्षाले घर भत्काउँदा युवक घाइते

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०८३, शनिबार

    तनहुँ, १० असोज । तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा अविरल वर्षाका कारण घरको पर्खाल भत्किँदा एक युवक घाइते भएका छन्।

    शनिबार दिउँसो करिब ३ः४० बजे म्याग्दे–२, जामुनेस्थित सोमबहादुर थापाको ढुंगा–माटोले बनेको दुईतले कच्ची घरको पूर्व र उत्तरतर्फको गारो भत्किएको हो। गारो भत्किँदा घरमा क्षति पुगेपछि उक्त घर बस्न नमिल्ने अवस्थामा पुगेको प्रहरीले जनाएको छ।

    सोही घरमा सञ्चालन भइरहेको जामुने मोटरसाइकल हेल्थपोष्ट एण्ड रिकन्डिसनमा रिकन्डिसनका लागि आएका म्याग्दे–२ निवासी १९ वर्षीय जोसन श्रेष्ठ घाइते भएका छन्। उनको नाक, निधार, ढाड र हातमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

    घाइते श्रेष्ठलाई उपचारका लागि रत्नहरी अस्पताल दमौली पठाइएको छ। घटनापछि प्रहरी चौकी थर्पुबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घरभित्र रहेका सामानहरू सुरक्षित स्थानमा सारेको जनाएको छ।