भारतीय सवारी चालकलाई सडक सुरक्षाबारे सचेतना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भारतीय सवारी चालकलाई सडक सुरक्षाबारे सचेतना

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०८३, सोमबार

    तनहुँ, १९ असोज । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्डमा भारतीय सवारी साधनका चालकलाई सडक सुरक्षा र ट्राफिक नियमबारे निरन्तर सचेत गराइएको छ।

    जिल्ला ट्राफिक प्रहरीसहितको टोलीले सोमबार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म शुक्लागण्डकी–२ कोत्रे र आँबुखैरेनी–४ बेनिटारस्थित प्रहरी टोलीमार्फत भारतीय सवारी चालकलाई विशेषगरी वर्षाका कारण सडकको अवस्था बिग्रिएको र ठाउँ–ठाउँमा पहिरो खसेर एकतर्फी ट्र्याकमा दुईतर्फी सवारी सञ्चालन भइरहेको जानकारी गराएको हो।

    टोलीले सडकमा अकस्मात पहिरो खस्न सक्ने, सडक चिप्लो हुन सक्ने तथा तीखा घुम्ती र मोडमा विशेष सावधानी अपनाउन चालकलाई आग्रह गरेको छ।

    मुग्लिङ पुलदेखि कोत्रेसम्म सडक सुरक्षा, मौसमको अवस्था र ट्राफिक नियमसम्बन्धी सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गरिएको प्रहरीले जनाएको छ।