कांग्रेस सभापतिमा गगन थापाले दर्ता गरे मनोनयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कांग्रेस सभापतिमा गगन थापाले दर्ता गरे मनोनयन

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०८३, मंगलवार

    काठमाडौं २० असाेज । कांग्रेसको भावि सभापति पदका लागि गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि विशेष महाधिवेशनबाट सभापति बनेका थापाले फेरि सो पदमा दावेदारी प्रस्तुत गरेका हुन् ।

    थापासँगै अहिलेसम्म सभापति पदमा दुई जनाको उम्मेदवारी परेको छ । पहिलो उम्मेदवारी श्यामकृष्ण खड्गीले दर्ता गराएका थिए । सभापतिका अर्का आकांक्षी किशोरसिंह राठोर हुन् । उनको मनोनयन दर्ता भइसकेको छैन ।

    थापाको उम्मेदवारीमा कृष्ण बानिया, देउकुमार थेवे र करुणा कटुवाल प्रस्तावक छन् । यस्तै समर्थकमा सुसन वैद्य, गोमा राई र मनोज भट्ट रहेका छन् ।