


तनहुँ, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को क्षेत्रीय सचिवमा पराजित कांग्रेस नेता तारा नरेश पौडेल संस्थापन इतर समूहमा खुलेका छन्।
पौडेलले बिहीबार नेपाली कांग्रेस १५औँ महाधिवेशन तयारी समितिको सम्पर्क कार्यालयमा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीबाट तनहुँ क्षेत्र नम्बर १ (१) को संयोजकको जिम्मेवारी ग्रहण गरेका हुन्।
क्षेत्रीय सचिवको निर्वाचनमा पराजित पौडेललाई संस्थापन इतर समूहले महाधिवेशन तयारीका लागि प्रदेश संयोजकको जिम्मेवारी दिएको हो।