


तनहुँ, २२ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) व्यास नगर समितिको आयोजनामा ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत कार्यक्रम सम्पन्न भएको छ।
रास्वपा व्यास नगर सभापति चूडामणि दाहालको सभापतित्वमा भएको कार्यक्रममा गण्डकी प्रदेश सभापति नवीन त्रिपाठी, प्रदेश महामन्त्री कृष्णप्रसाद लम्साल, सांसद झवी लाल डुम्रे, केन्द्रीय प्रतिनिधि तथा सांसद बिना गुरुङलगायतको उपस्थिति थियो। कार्यक्रममा प्रदेश सदस्य तैमाया गुरुङ र चूडामणि ढकालको पनि सहभागिता रहेको थियो।
कार्यक्रममा रास्वपाको विचार, नीति तथा अभियानका विषयमा नेताहरूले धारणा राखेका थिए। प्रदेश, जिल्ला, नगर, वडा तथा टोल तहका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा व्यास नगर उपसभापति नगेन्द्र शर्मा ढुंगानाले स्वागत मन्तव्य राखेका थिए भने नगर सचिव भाग्यशाली ढुंगानाले कार्यक्रम सञ्चालन गरेका थिए।
यसै अवसरमा रास्वपाको विचार, नीति र अभियानप्रति आकर्षित हुँदै सावित्रीदेवी अधिकारी, बिनु विक र मीरा परियार पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीलाई पार्टीका नेताहरूले स्वागत गर्दै सफल राजनीतिक यात्राको शुभकामना व्यक्त गरेका थिए।
रास्वपाले सुशासन, पारदर्शिता र परिवर्तनलाई आफ्नो अभियानको मुख्य विषय बनाउँदै ‘हामी आउँदैछौँ’ अभियान अघि बढाएको जनाएको छ।