ऋषिङमा मानसिक असन्तुलन भएका दुई व्यक्ति र चार ज्येष्ठ नागरिकलाई खाद्यान्नसहित विद्युतीय चुलो सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङमा मानसिक असन्तुलन भएका दुई व्यक्ति र चार ज्येष्ठ नागरिकलाई खाद्यान्नसहित विद्युतीय चुलो सहयोग

    खबरपुञ्ज संवाददाता

    २५ आश्विन २०८३, सोमबार

    तनहुँ, २६ असोज । तनहुँको ऋषिङ गाउँपालिका–७ मा झुलबहादुर आले स्मृति प्रतिष्ठानले मानसिक असन्तुलन भएका दुई व्यक्ति र सहारा आवश्यक पर्ने चार ज्येष्ठ नागरिकलाई खाद्यान्नसहित विद्युतीय चुलो सहयोग गरेको छ।

    प्रतिष्ठानका अध्यक्ष कमलबहादुर आलेले दुई घरपरिवारका मानसिक असन्तुलन भएका दुई व्यक्ति तथा सहारा आवश्यक पर्ने चार ज्येष्ठ नागरिकलाई उक्त सामग्री वितरण गरेका हुन् ।

    सहयोग गरिएका सामग्रीको कुल मूल्य ३१ हजार ५०० रुपैयाँ बराबर रहेको छ।

    असहाय नागरिकलाई स्थानीय सरकारले पालनपोषण गर्नुपर्ने आलेले माग गरेका छन् ।

    आर्थिक तथा सामाजिक रूपमा समस्यामा परेका व्यक्ति र ज्येष्ठ नागरिकलाई लक्षित गरी गरिएको सहयोगले उनीहरूको दैनिक जीवनयापनमा केही सहजता पुग्ने अपेक्षा गरिएको छ।