


तनहुँ, ६ कात्तिक। दशैंका कारण पृथ्वी राजमार्गलगायत जिल्लाका प्रमुख सडकमा सवारीसाधनको चाप बढ्दै गएको छ। यात्रुको आवागमन बढेसँगै हुन सक्ने सम्भावित सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय तनहुँले सचेतना अभियान सञ्चालन गरेको छ।
दशैं मनाएर फर्किने तथा गन्तव्यतर्फ जाने यात्रुको चापलाई मध्यनजर गर्दै प्रहरीले चालक र यात्रुलाई ट्राफिक नियमको पालना गर्न, तीव्र गतिमा सवारी नचलाउन, मादक पदार्थ सेवन गरी सवारी नचलाउन र सुरक्षित यात्रामा ध्यान दिन आग्रह गरेको छ।