धार्मिक सहिष्णुताको सन्देश दिँदै सुदीप गफ्फारले लगाए भाइटीका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    धार्मिक सहिष्णुताको सन्देश दिँदै सुदीप गफ्फारले लगाए भाइटीका

    खबरपुञ्ज संवाददाता

    २५ कार्तिक २०८३, बुधबार

    तनहुँ, २५ कात्तिक । धार्मिक सहिष्णुता, आपसी सद्भाव र सामाजिक एकताको सन्देश दिँदै सुदीप गफ्फारले तिहारको अवसरमा भाइटीका लगाएका छन्।

    बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक पहिचान बोकेको नेपाली समाजमा सबै धर्म र संस्कृतिको सम्मान गर्नुपर्ने सन्देशसहित उनले भाइटीका लगाएका हुन्।

    गफ्फारले तिहार केवल उज्यालो र फूलमालाको पर्व मात्र नभई आपसी प्रेम, सद्भाव, सम्मान र धार्मिक सहिष्णुताको प्रतीक भएको बताएका छन्। तिहारले दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्धलाई प्रगाढ बनाउनुका साथै समाजमा भाइचारा र एकताको भावना विकास गर्ने उनको भनाइ छ।

    उनले हिन्दू, मुस्लिम, बौद्ध, इसाईलगायत जुनसुकै धर्ममा आस्था राखे पनि मानवता सबैको साझा पहिचान भएको उल्लेख गरेका छन्। कुनै पनि धर्म ठूलो वा सानो नहुने भन्दै सबै धर्मले प्रेम, शान्ति, मानवता र सद्भावकै सन्देश दिने उनले बताएका छन्।

    अरूको धर्म, संस्कृति र परम्पराको सम्मान गर्नु नै वास्तविक धार्मिक सहिष्णुता भएको उल्लेख गर्दै गफ्फारले तिहारको उज्यालोले प्रत्येक नेपालीको घरसँगै मनमा पनि प्रेम, सद्भाव र एकताको दीप जलाउनुपर्ने सन्देश दिएका छन्।