बन्दीपुर घुम्न आएका १४ चिनियाँ पर्यटकलाई भाइटीका
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर घुम्न आएका १४ चिनियाँ पर्यटकलाई भाइटीका

    खबरपुञ्ज संवाददाता

    २५ कार्तिक २०८३, बुधबार

    तनहुँ २५ कात्तिक । तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणमा आएका १४ जना चिनियाँ पर्यटकले नेपाली परम्पराअनुसार भाइटीका लगाएका छन्।तिहारको भाइटीकाका अवसरमा सिर्जना बरुवाल र विपना छिमालले चिनियाँ पर्यटकहरूलाई भाइटीका लगाइदिएका हुन्।

    नेपाली संस्कृति र परम्पराअनुसार टीका, माला र स्नेहसहित भाइटीका लगाउन पाउँदा पर्यटकहरू निकै खुसी भएको स्थानीय बसन्त पौडेलले जानकारी दिए।विदेशी पर्यटकलाई नेपाली चाडपर्व र संस्कृतिसँग जोड्ने यस्तो गतिविधिले सांस्कृतिक आदानप्रदानसँगै नेपालको मौलिक परम्पराको अन्तर्राष्ट्रिय पहिचान बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।नेपाली दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, सद्भाव र आत्मीयताको प्रतीक मानिने भाइटीका विदेशी पर्यटकका लागि पनि अविस्मरणीय अनुभव बनेको छ।