पोखरा–मुग्लिन सडकखण्डमा १६० सवारीका चालकलाई सचेतना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पोखरा–मुग्लिन सडकखण्डमा १६० सवारीका चालकलाई सचेतना

    खबरपुञ्ज संवाददाता

    २६ कार्तिक २०८३, बिहीबार

    तनहुँ, २६ कात्तिक । पोखरा–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको चालक सचेतना कार्यक्रमलाई निरन्तरता दिइएको छ।

    बिहीबार बिहान ५ बजेदेखि सञ्चालन गरिएको कार्यक्रममा विभिन्न प्रकारका सवारीसाधनका चालकलाई सडकको अवस्था, लेन अनुशासन तथा ट्राफिक नियमको पालना गर्नुपर्ने विषयमा सम्झाइबुझाइ गरिएको हो।

    कार्यक्रमअन्तर्गत ३९ वटा दुईपाङ्ग्रे, ६७ वटा चारपाङ्ग्रे साना तथा ५४ वटा ठूला सवारीसाधनका चालकलाई सचेत गराइएको छ।

    यसरी एकै दिन १६० वटा सवारीसाधनका चालकलाई सडक सुरक्षासम्बन्धी जानकारी दिइएको प्रहरीले जनाएको छ।

    प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार सडकमा सुरक्षित यात्रा सुनिश्चित गर्न तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्न चालक लक्षित सचेतना कार्यक्रमलाई निरन्तरता दिइएको हो।